भक्तपूर जिल्लाको परम्परागत माटोको भाँडा बनाउने पेशा लोप हुँदै ।
गोबिन्द विश्वकर्मा, १७ फागुन २०८१, भक्तपूर । ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध भक्तपूर विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्तब्य हो । उपत्यकाको प्राचिन सहर भक्तपूरलाई भादगाउँ वा ख्वपा भनेर पनि चिनिन्छ । यहाँ आउने पर्यटकहरुलाई लोभ्याउने एउटा महत्वपुर्ण स्थान हो, तालाक्व अर्थात् पोर्टरी स्क्वायर, जहाँ हातैले माटो मुछेर त्यसका आकर्षक भाँडाकुँडा













