• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

भक्तपूर जिल्लाको परम्परागत माटोको भाँडा बनाउने पेशा लोप हुँदै । 

गोबिन्द विश्वकर्मा, १७ फागुन २०८१, भक्तपूर । 

ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध भक्तपूर विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्तब्य हो ।  उपत्यकाको प्राचिन सहर भक्तपूरलाई भादगाउँ वा ख्वपा भनेर पनि चिनिन्छ । यहाँ आउने पर्यटकहरुलाई लोभ्याउने एउटा महत्वपुर्ण स्थान हो, तालाक्व अर्थात् पोर्टरी स्क्वायर, जहाँ हातैले माटो मुछेर त्यसका आकर्षक भाँडाकुँडा बनाइन्छ ।
भक्तपूर जिल्लाको परम्परागत ऐतिहासिक माटोको भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । स्थानीयहरुको जिविकोपार्जनसँग प्रत्यक्ष जोडिएको माटोको भाँडा बनाउने पेशाले पर्यटकीय प्रबद्र्धनमा समेत विशेष टेवा दिईरहेको भएपनि कच्चापदार्थको अभाव, तालिम र आधुनिक सीपको कमिले यो पेशा लोप हुँदै गईरहेको छ । आफुहरुले परम्परादेखि माटोको भाँडा बनाउदै आईरहेको र उक्त पेशाबाट राम्रो आम्दानी गरिहेको स्थानिय प्रीयन्सी प्रजापती बताउनुहुन्छ । 
भक्तपूर जिल्लाका प्रजापती समूदायले परापूर्वकालदेखि माटोका भाँडाकँुडा बनाएर जीबिका चलाउँदै आएका छन् । माटोको भाँडा बनाएर आफुहरुले राम्रो आम्दानी गरिहेको तर पहिलेको तुलनामा बजार नपाएको ४३ वर्षका रन्जना प्रजापती बताउनुहुन्छ ।
माटोको भाँडा बनाउनका लागि चाहिने कच्चापदार्थ लस्सादार चिल्लो माटो अहिले भक्तपुरमा पाईन छाडेको छ । अव्यवस्थीत जग्गा प्लटीङ र भएको खानीहरु पनि सकिँदै गएपछि अहिले आसपासका सिमाना साँखु, दुवाकोट र पश्चिम नेपालको दाङबाट माटो ल्याउनुपरेको, शिवप्रसाद प्रजापती बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “हामीलाई सबैभन्दा मुख्य समस्या भनेको माटोकै हो (कच्चापदार्थको), हामीले किलोको हिसाबले माटो किन्नुपर्छ ।” उहाँ थप्नुहुन्छ  “सरकारले हामीलाई कच्चापदार्थको उचित व्यवस्थापन, केही सिप तालिमहरु दिएर प्रोत्सहन गरेको भए हुन्थ्यो ।” । 
दैनिक जीवनमा माटोको भाँडाको प्रयोग गर्दा मानव स्वास्थ्यमा लाभ हुने तथा माटोका भाँडाले पर्यटकलाई समेत तान्न सकिने भएपनि, यसको व्यवसायिक उत्पादनमा सरकारले ध्यान दिएको छैन । जसले यो वर्षौँदेखि यो पेशा गरिरहेकालाई निराश बनाएको छ । 
भक्तपुरमा लगभग २० जना स्थानीय व्यवसायिक रुपमा माटोका भाँडा बनाउने काम गर्छन् । उनीहरुले वर्षमा सरदर ८० लाख रुपैँया बराबरको माटोका भाँडा बानाउँछन् । तर प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै गर्दा माटोको भाँडाको बजार घटिरहेको छ । आगामी दिनमा यता तर्फ ध्यान दिने बताउनुहुन्छ, भक्तपूर नगरपालीकाका मेयर सुनिल प्रजापती । उहाँ भन्नुहुन्छ “माटोको भाँडा मानव सभ्यता विकाससँग जोडिएको ऐतिहासिक पेशा हो । त्यसको जगेर्ना गर्न स्थानिय सरकार लाग्नुपर्छ । हामी पनि बेलाबेला उहाँहरुसँग छलफल गर्छौँ ।” 
पर्यटन प्रबद्र्धनमा विशेष टेवा दिने र स्थानीयको जिविकोपार्जनसँग प्रत्यक्ष जोडिने यस्ता  मौलिक पेशालाई व्यवसायिक बनाउन सरकारले योजना बनाएरै काम गर्नुपर्छ । त्यसका लागि नयाँ पुस्तालाई तालिम, प्राविधिक सहयोग, कच्चा पदार्थमा सहयोग र उत्पादित सामग्रीको बजार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 

प्रतिकृया दिनुहोस

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा । 

# राष्ट्रिय

२८ भदौ, २०८३

२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका