सुर्यविनायक धुलिखेल सडक खण्डः ४८ प्रतिशत काम सहियो, पुरा हुन अझै १ वर्ष लाग्ने ।
गाेविन्द विश्वकर्मा, २ चैत्र २०८२ ।
अनुमानित ९ अर्बमा बन्न लागेको सुर्यविनायक धुलिखेल सडक खण्डको काम ४८ प्रतिशत सकिएको छ । आज (सोमबार) देखि सुर्यविनायक चोकबाट धमाधम कालोपत्रेको काम अघि बढाईएको छ । नेपाल सरकारले आफ्नै लगानीमा ८ लेनको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न लागेको हो । अधिकांस मानविय संयन्त्रले गर्ने जटिल कामहरु सकिएको र अब मेसिनले काम गर्ने भएकाले पुर्ण रुपमा सडक निर्माण सकिन अब करिब एक वर्ष लाग्ने नेपाल सरकारको तर्फबाट सुर्यविनायक धुलिखेल सडक आयोजनाका सब ईन्जिनियर रेयन फुयालले बताउनुभयो । "मेसिनले गर्ने काम बाँकी छ, मानविय शक्तिले गर्ने जस्तै वालहरु लगाउने लगायतका काम सकिएको छ, अब १ वर्षमा काम सकिन्छ ।" उहाँले भन्नुभयो "पालासे लगायतका ठाउँहरुमा स्थानियहरुको जग्गा विवाद छ, विद्युत प्राधिकरण लगायतका सबैसँग समन्वय गरेर अगाडी बढ्ने हो अलिकति चुनौती छ ।"
एक चरणको थप बजेट सकिएको र अपुग बजेट नेपाल सरकारले विनियोजन गर्ने भएकाले तोकिएकै समयमा काम सकिने सब ईन्जिनियर फुयालले बताउनुभयो ।

जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैंले यो सडक दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको हो ।
सुर्यविनायक साँगा र साँगा धुलिखेल गरी दुई खण्डमा विभाजन गरी निर्माण भईरहेको सडक समयमै सम्पन्न नहुँदा स्थानियहरु आक्रोसित थिए । यस क्षेत्रका स्थानियहरुले दैनिक आवतजावतमा सास्ती भोग्नुपेको थियो, दुर्घटना तथा धुलो हिलोले स्वास्थ्य समस्या पनि खेपिरहेका थिए । सडक विस्तारले गति लिएपछि छिटै ति समस्या समाधान हुनेमा आम सर्वसाधारण आशावादी छन् ।

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
# राष्ट्रिय
२४ असार, २०८३
२४ असार २०८३, ग्वार्काे, ललितपुर । महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना
युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न ।
# राष्ट्रिय
१२ असार, २०८३
१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर । युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका
स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई ।
# राष्ट्रिय
३ जेठ, २०८३
गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर । स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ





प्रतिकृया दिनुहोस