• २१ श्रावण २०८३ बिहीबार/ Thursday 8-06-2026

नेपाल बाइबल सोसाइटीको (५०औं) स्वर्ण महोत्सव भव्यताका साथ सम्पन्न ।

गोविन्द विश्वकर्मा, १७ कार्तिक २०८२, ललितपुर ।

नेपाल बाइबल सोसाइटीले स्थापनाको ५० औं वर्ष पुरा भएको उपलक्षमा सोमबार स्वर्ण जयन्ती (महोत्सब) भव्यताका साथ मनाएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्रेण्ड पार्टी प्यालेसमा सँयौको संख्यामा विविध कार्यक्रम गरी महोत्सब मनाइएको हो । संस्थाका अध्यक्ष एल्डर दिल बहादुर थापाको सभाध्यक्षता तथा समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्टको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख अर्जुन काप्रीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा मलेसिया बाइबल सोसाइटीका महासचिव रेभ. मथ्यु के पन्नुसले बचन प्रचार गर्दै विश्वमा बाइबलले पारेको उल्लेखनिय प्रभावको चर्चा गर्नुभएको थियो ।

नेपाल बाइबल सोसाइटीका सदस्य कुबेर गुरुङद्धारा स्वर्ण जयन्ती सम्बन्धि रचना गरीएको थिम गितमा आकर्षक नृत्य प्रस्तुत गरी अगाडी बढेको कार्यक्रममा संस्थाले ५०औँ वर्षसम्म नेपाली समाजमा पुर्याएको योगदानको विषयमा तयार पारिएको डकुमेन्ट्री समेत प्रस्तुत गरीएको थियो ।

त्यस्तै नेपाल बाइबल सोसाइटीलाई शुभकामना दिन विभिन्न देशबाट पाल्नुभएका अतिथिहरुले आफ्नो मन्तब्य सहित नेपाल बाइबल सोसाइटीलाई उपहार समेत प्रदान गरेका थिए । सोही क्रममा जापान बाइबल सोसाइटीका महासचिवले नेपाल बाइबल सोसाइटीको योगदान र कार्य प्रति मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो । त्यस्तै इन्डो चाइना एलाएन्सका कार्यकारी प्रमुख रेभ. अर्न सोक नेपले पनि नेपाल बाइबल सोसाईटीलाई स्वर्ण जयन्तीको शुभकामना दिदै आगामी दिनका लागि प्रगतीको कामना सहित आफुहरु सधैब साथमा रहेको बताउनुभएको थियो ।

त्यस्तै बहिरा अपांगता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय संगठन डोर इन्टरनेशनलको तर्फबाट प्रतिनिधि रोब मेयरस्ले पनि नेपाल बाइबल सोसाइटीले छिट्टै साँकेतिक भाषामा बाइबल प्रकाशन गर्न गईरहेकोमा हर्सित रहेको बताउदै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नेपाली भाषामा बाइबल प्रकाशन गरी आफ्नो अतुलनिय योगदान दिदै आएको संस्था नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापनाको ५० औँ वर्ष पुरा गरेको उपलक्षमा नयाँ संशोधित बाइबल समेत बिमोचन गरेको छ । रेभ. डा. सिमोन पाण्डे, डा. बालकृष्ण शर्मा, रेभ. डा. मंगलमान महर्जन लगायत अगुवा पास्टरहरुद्धारा नयाँ संशोधित बाइबल बिमोचन गरीएको हो ।

नेपाल बाइबल सोसाइटीले संस्थालाई यहाँसम्म पुर्याउन आफ्नो अमुल्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान सहित प्रसंशा पत्र समेत प्रदान गरेका थियो । जसमा संस्थापक तथा निवर्तमान महासचिव रेभ. लोकनाथ मनेन, निवर्तमान अध्यक्ष त्रय रेभ. बिर बहादुर खवास, डा. के.बी. रोकाया, डा. बालकृष्ण शर्मा, निर्वतमा महासचिब पा. नबिन कुमार सुनुवार, निवर्तमान कार्यकारी प्रमुख तेज जिरेल तथा इन्डो चाइना एलान्सका कार्यकारी प्रमुख रेभ. अर्न सोक नेप लगायतका व्यक्तित्वहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरीएको थियो ।

समारोहमा नेपालमा हालसम्म मातृ भाषामा प्रकाशित बाइबलको विभिन्न पहिरन सहित प्रदर्शनी गरीएको थियो ।

संस्थाका अध्यक्ष एल्डर दिल बहादुर थापाद्धारा धन्यवाद मन्तब्य तथा पास्टर सिमोन पाठकद्धारा अन्तीम प्रार्थना गरी कार्यक्रम समापन भएको थियो ।

नेपाल बाइबल सोसाइटीको स्वर्ण जयन्ती समारोहमा ख्रिष्टिय भजन क्वाएर तथा लोमी कम्युनिटी ग्रुपद्धारा सांगितिक प्रस्तुती दिईएको थियो । उक्त सोही अवसरमा आयोजित कबिता प्रतियोगिताका बिजेताहरुलाई उपहार तथा पुरस्कार समेत प्रदान गरीएको थियो ।

नेपाल बाइबल सोसाइटीको स्वर्ण महोत्सब समारोहमा देशैभरीबाट करिब 2000 बढिको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका

स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई । 

# राष्ट्रिय

३ जेठ, २०८३

गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर ।   स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ