धर्मनिरपेक्ष राष्ट्रको पक्षमा अन्तरधार्मिक समुदायको ८ बुँदे घोषणापत्र सार्वजनिक ।
गोविन्द कामी । ५ असोज २०८२ । काठमाण्डौँ ।
हालै सम्पन्न अन्तरधार्मिक गोलमेच सम्मेलन-२०८२ ले ८ बुँदे सहमतिका बुँदाहरु अघि सार्दै "अन्तरधार्मिक काठमाण्डौ घोषणापत्र-२०८२" सार्वजनिक गरेको छ । जेन-जी आन्दोलनपछि सरकार गठन हुने क्रममा अन्तरधार्मिक समुदायका धर्मगुरु तथा प्रतिनिधि र विज्ञहरुको संयुक्त पहलमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता कार्यान्वयन लगायतका ८ बुँदे सहमतिका बुँदाहरु राख्दै "अन्तरधार्मिक काठमाण्डौ घोषणापत्र-२०८२" सार्वजनिक गरेको छ । आइतबार रिपोर्टर्स क्लब काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन मार्फत दश मुल धर्मका धार्मिक अगुवा तथा प्रतिनिधिहरुले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन । ८ बुँदे घोषणा पत्रमा नेपालको संविधान तथा कानुनमा सबै प्रकारका धर्मसम्बन्धि विभेदकारी प्रावधान संशोधन हुनुपर्ने, संविधानको धारा ४ मा धर्मनिरपेक्षताको स्पष्टीकरण हटाउनुपर्ने, अन्तराष्ट्रिय कानुनसँग बाझिने नेपालको संविधानको धारा २६ को उपधारा ३ मा भएको धर्म परिवर्तन गराउन नहुने वाक्यांश संशोधन हुनुपर्ने, राष्ट्रिय जनावर गाईको साटो एकसिङ्गे गैडा राख्नुपर्ने, सबै धर्मको आ-आफ्नै विश्वविद्यालयको स्थापना गरिनुपर्ने, केन्द्रीय तथ्यांक विभागले धर्म, भाषा, जातीसम्बन्धि तथ्यांक लिँदा स्थानीय सरकारले प्रमाणित गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका विषयहरुमा आफ्नो एक्येवद्धता सार्वजनिक गरेको छ । २०८२ भाद्र २३ गते काठमाण्डौँको राष्ट्रिय सभागृहमा उद्घाटन भएको अन्तरधार्मिक गोलमेच सम्मेलन २०८२ मा हिन्दु, बौद्ध, इश्लाम, किरात, ख्रीष्टियन, बोन, मष्टो, शिख, बहाई र कबीर गरी दश धार्मिक समुदायको प्रतिनिधित्व रहेको थियो । सबै धार्मिक अगुवा तथा प्रतिनिधिहरुको लामो समयको बार्तापछि नयाँ सरकार गठन हुने प्रक्रियामा आफ्ना माग समेटिनुपर्ने भन्दै ८ बुँदे घोषणापत्र २०८२ सार्वजनिक गरेको मुल आयोजक समितिका संयोजक डकेन्द्रसिह थेगिमले बताउनुभयो ।
Photos:



महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
# राष्ट्रिय
२४ असार, २०८३
२४ असार २०८३, ग्वार्काे, ललितपुर । महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना
युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न ।
# राष्ट्रिय
१२ असार, २०८३
१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर । युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका
स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई ।
# राष्ट्रिय
३ जेठ, २०८३
गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर । स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ







प्रतिकृया दिनुहोस