महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
२४ असार २०८३, ग्वार्काे, ललितपुर ।
महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना नेपालको आयोजना तथा आशाको सन्देश नेपाल र ग्रेस एफएमको सहकार्यमा महिलाहरुका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको हो । नेपालको संविधान र प्रचलित कानुनमा महिला अधिकार सम्बन्धि कानुनी व्यवस्था, महिला हिंसाको परिचय तथा कानुनी व्यवस्था, घरेलु तथा यौन हिंसा सम्बन्धि कानुनी व्यवस्था, महिलाको साम्पत्तीक अधिकार, महिलाको प्रजनन तथा स्वास्थ्य अधिकार तथा नागरिकता सम्बन्धी कानुनी व्यवस्थाका बारेमा सचेतना दिईएको अर्काे पाना नेपालका सिइओ रेबिका तामाङले बताउनुभयो । स्थानिय महिलाहरुलाई आफ्ना अधिकार तथा कर्तब्यका बारेमा सचेत गराई महिलालाई सम्मानपुर्वक बाच्नपाउने अधिकारको प्रत्याभुति दिलाउनु कार्यक्रमको उद्देश्य रहेको अर्काे पाना नेपालकी कार्यक्रम व्यवस्थापक सोमिता तामाङले बताउनुभयो । वर्तमान समयमा हिंसामा परेका महिलाहरुले कसरी कानुनी उपचार खोज्ने, आफ्नो अधिकार हनन भएको थाहा पाए कसरी प्राप्त गर्ने लगायत अन्याय नसहन र त्यसका बिरुद्ध बोल्नका लागि महिलाहरुलाई सचेत गराईएको कार्यक्रमका प्रशिक्षक कानुनका विद्यार्थी तथा ग्रेस एफएमका स्टेसन इन्चार्ज गोविन्द कामीले बताउनुभयो । सहभागी महिलाहरुले आफुहरु कार्यक्रमबाट लाभान्वीत भएको र आफ्नो अधिकारका बारेमा बृहत रुपमा बुझ्ने मौका पाएकोमा आयोजक संस्थाप्रति धन्यवाद समेत दिएका थिए । समापन कार्यक्रममा बोल्दै आशाका सन्देश नेपालका कार्यसञ्चालन संयोजक बर्षा पौडेलले ग्रेस एफएमले आगामी दिनमा यस्तै प्रकारले समुदायस्तरमा जनचेतना अभिबृद्धिका कामहरु गर्दै जानेमा विस्वस्त रहेको बताउनुभयो । महिला अधिकार सम्बन्धि सचेतना कार्यक्रममा करिब ३० जना बढी महिलाहरुको सहभागिता रहेको थियो ।

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा ।
# राष्ट्रिय
२८ भदौ, २०८३
२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको
युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न ।
# राष्ट्रिय
१२ असार, २०८३
१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर । युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका
स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई ।
# राष्ट्रिय
३ जेठ, २०८३
गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर । स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ





प्रतिकृया दिनुहोस