• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

डा. सिमोन पाण्डेद्धारा लिखित “नेपाली ख्रिस्टियन इतिहास” नामक पुस्तक विमोचन ।

गोविन्द विश्वकर्मा । ९ कार्तिक २०८२ । ललितपुर ।

रेभ.डा.सिमोन पाण्डेद्धारा लिखित “नेपाली ख्रिस्टियन इतिहास” नामक पुस्तक आज (आइतबार) विमोचन भएको छ । ललितपुरको भैसेपाटी स्थित ट्रपिकल आइसल्याण्डमा पुस्तक बिमोचन गरिएको हो । नेपालमा ख्रिस्टियनहरुको इतिहासको बारेमा बिस्तृत व्याख्या गरिएको पुस्तकले इतिहासको विभिन्न कालखण्डमा चर्च विस्तारका घटनाक्रमहरुका बारेमा समेत चर्चा गरिएको लेखक डा. पाण्डेले बिमोचन समारोहमा बताउनुभयो।

आफ्नो पुस्तकका बारेमा थप चर्चा गर्दै डा. सिमोन पाण्डेले नेपालमा मल्लकालदेखि सुरु भएको चर्च इतिहास पछि शाहकाल अर्थात आधुनिक इतिहासकाल देखि राणाकाल हुँदै वि.सं. २००७ सालको लोकतन्त्र स्थापना सम्म निकै संघर्षको बाटो भएर जानुपरेको बताउनुभयो । त्यसबिच पादरी गंगा प्रसाद प्रधानको योगदान उल्लेखनिय रहेको पनि उहाँले बताउनुभयो । वि.सं. २००७ सालको परिवर्तन पछि चर्च विस्तारमा केही सहजता भएतापनि पञ्चायतकाल र त्यसपछिका विभिन्न समयमा चर्चले सतावटहरु भोग्नुपरेको कुरा पनि पुस्तकमा उल्लेख रहेको उहाँले बताउनुभयो । आम सर्वसाधारणलाई नेपालमा ख्रिस्टियन इतिहासको बारेमा सत्य तथ्य जानकारी प्रदान गरि वास्तविकता प्रस्तुत गर्ने उद्देश्यका साथ पुस्तक लेखिएको लेखक डा. पाण्डेले कार्यक्रममा बताउनुभयो ।

पुस्तकलाई बिमोचन गर्दै राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालका पुर्व अध्यक्ष डा. सुन्दर थापाले उक्त पुस्तक नेपाली ख्रिस्टियन समुदायका लागि एक महत्वपूर्ण कोशेढुंगा सावित हुने बताउनुभयो ।

त्यस्तै पुस्तकका बारेमा चर्चा गर्दै नेपाल बाइबल सोसाइटीका अध्यक्ष एल्डर दिल थापाले पनि उक्त पुस्तकले नेपाली मण्डली इतिहासको सत्यताका बारेमा रचनात्मक ढंगले चर्चा गरिएको बताउनुभयो । एनसिएफ नेपालका पुर्व महासचिव डा. नारायण प्रसाद महर्जनले यस पुस्तक लेख्नु एउटा चुनौतीको विषय भएकाले चुनौतिका बाबजुत निकै मेहनतका साथ पुस्तक प्रकाशन गर्नुभएकोमा लेखकलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

त्यस्तै पूर्व न्यायाधीश डा. सलाहुद्दीन अख्तर सिद्दीकीले उक्त पुस्तकले ख्रिस्टियन समुदायले मात्र नभई अन्य मानिसहरुले पनि ख्रिस्टियनहरुको इतिहासका बारेमा बुझ्न पाउने अवसर पाउने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य डा.केबि रोकायाले पुस्तकको बारेमा शुभकामना व्यक्त गर्दै अहिलेको वर्तमान परिस्थितिमा ख्रीष्टियनहरुले धार्मिक सहिष्णुताका लागि ठुलो योगदान दिईरहेको जिकिर गर्नुभयो । पुस्तकले त्यस कुरामा समेत टेवा दिनेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

नेपाली ख्रीष्टियन समुदायका लागि एक प्रतिष्ठित पात्र रेभ. डा. सिमोन पाण्डेले “नेपाली ख्रिस्टियन इतिहास” नामक पुस्तक प्रकाशन गरी अतुलनिय योगदान दिनुभएको भन्दै कार्यक्रम मार्फत उहाँलाई सम्मान समेत गरीएको थियो । समग्रमा नेपालमा ख्रिस्टियनको इतिहास, चर्च तथा इसाई धार्मिक समुदायको विकास र विस्तारका साथै ख्रिस्टियन समुदायले नेपाली समाजमा पारेको प्रभाव लगायतका महत्वपूर्ण विषयमा पुस्तकमा उल्लेख गरिएकोले सबैले एक पटक पुस्तक पढ्नैपर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

डा. पाण्डेद्धारा लिखित “नेपाली ख्रिस्टियन इतिहास” नामक पुस्तक प्राप्त गर्न आशाको सन्देश नेपालमा सम्पर्क गर्न सकिने समेत कार्यक्रममा जानकारी गराईएको थियो ।

प्रतिकृया दिनुहोस

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा । 

# राष्ट्रिय

२८ भदौ, २०८३

२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका