युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न ।
१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।
युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा अलंकार इनोभेसन्स तथा डिजिटल भेन्चर्स संस्थाको आयोजनामा थिमि नगरपालिका वडा नं. ९ का युवाहरुलाई तालिम दिईएको वडाध्यक्ष सानुकाजी राजबाहकले बताउनुभयो । बदलिदो युगसंगै अहिलको बजारले मागेको डिजिटल सामग्री बनाई (कन्टेन्ट क्रियटर) भई युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बिताईएको छ ।
तालिममा सहभागी करीब १५ जना प्रशिक्षार्थीहरुले कन्टेन्ट कसरी बनाउने, युट्युब तथा फेसबुक लगायतका प्लाटफर्मका लागि कसरी सामग्री बनाउने, डिजिटल मार्केटिङका साथै कसरी आम्दानी गर्ने भन्ने जस्ता सिपहरु सिकाइएको आयोजक संस्थाकी प्रशिक्षक सरिता ज्ञवालीले बताउनुभयो ।
स्थानिय युवाहरुलाई उक्त तालिमले उनिहरुको आगामी भविष्यमा टेवा पुगेको तथा मध्यपूर नगरपालिकाका ऐतिहासिक धार्मिक, साँस्कृतिक पर्यकटनको प्रवर्धन हुनेमा पनि आफुहरु विश्वस्त भएको वडाध्यक्ष सानुकाजी राजबाहकले बताउनुभयो ।
थोपा बचत तथा ॠण सहकारी संस्थाको भवनमा सञ्चालित तालिममा स्थानिय गृहिणी, व्यवसायी महिला, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । तालिममा ग्रेस एफएमका स्टेशन इन्चार्ज गोविन्द विश्वकर्मा प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो भने आयोजक संस्थाका तर्फबाट प्रशिक्षकहरु सुशिला धामी र सरिता ज्ञवाली रहनुभएको थियो ।
दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा ।
# राष्ट्रिय
२८ भदौ, २०८३
२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको
महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
# राष्ट्रिय
२४ असार, २०८३
२४ असार २०८३, ग्वार्काे, ललितपुर । महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना
स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई ।
# राष्ट्रिय
३ जेठ, २०८३
गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर । स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ





प्रतिकृया दिनुहोस