महिलाले पाउने उपराष्ट्रपति पद खोसियोः माननिय कृष्ण कुमारी पौडेल
गोविन्द कामी, फागुन २७, भक्तपूर ।
राष्ट्रपति वा उपराष्ट्रपति पद मध्ये एक पद महिलाले अनिवार्य रुपमा पाउनुपर्नेमा आफुहरुले नपाएकोमा राष्ट्रिय महिला आयोगका सदस्य माननिय कृष्ण कुमारी पौडेल खतिवडाले आपत्ती जनाउनुभएको छ । “राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एउटा पद महिलाको हो । तर संविधानमा ‘वा’ अथवा ‘र’ मा खेलेर फरक लिंगले पाउनुपर्नेमा फरक समुदाय भनि हामीले पाउने पद खोसियो ।” उहाँले भन्नुभयो “पुरुष मानसिकता कानुन भन्दा पनि माथि हुने रहेछ, हामीले पाउने अधिकार खोसियो ।”
ग्रेस एफएमको वहसमुलक कार्यक्रम ग्रेस संवादमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कुरा गर्दै आयोगकी सदस्य खतिवडाले उक्त कुरा बताउनुभएको हो ।
२०७९ साल फागुन १५ गते सम्पन्न राष्ट्रपतिको चौंथो निर्वाचनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा र सोही साल चैत्र ५ गते भएको उपराष्ट्रपतिको निर्वाचनबाट जसपाका राम सहाय यादव उपराष्ट्रिपतिमा निर्वाचित भएका थिए । गणतन्त्रपछिका राष्ट्रपति र उपराष्ट्रपतिमा महिला पूरुष नै निर्वाचित भएपनि अन्तिम पटकको निर्वाचनबाट दुवै पदमा पुरुष नै निर्वाचित भएकोमा राष्ट्रिय महिला आयोगले सुरुबाटै आपत्ती जनाउँदै आएको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा संविधानको धारा ७० मा ुुयस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नु पर्नेछुु भन्ने व्यवस्था रहेको छ।
तर दलहरुले उपराष्ट्रपतिको उम्मेदवारमा पुरुषहरु उठाई ‘वा’ अथवा ‘र’ मा खेलि नीतिगत रुपमै महिलाले पाउने अधिकार खोसिएको माननिय कृष्ण कुमारी खतिवडाले बताउनुभयो ।
महिलाको अधिकारका सवालमा सक्रिय रुपमा आफुहरुले आवाज उठाईरहेको भए तपानि राज्यले राष्ट्रिय महिला आयोगलाई विभेद गरेको उहाँले बताउनुभयो । “हाम्रो अहिले सम्म स्थाई कार्यालय छैन । हामी अझै सम्म पनि बाहालमा बसेका छौँ । हाम्रो प्रदेश कार्यालय छैन ।” उहाँले भन्नुभयो “संवैधानिक आयोग भनि व्यवस्था गरेको छ, बजेट छुट्याउँदा हामीलाई उपेक्षा गरिन्छ । राज्यले हामीलाई विभेद गरेको छ ।”
उहाँले आफुहरुलाई हात खुट्टा बाँधेर खोलामा पौडि खेल्न पठाएको जस्तो राज्यले गरेको आरोप लगाउनुभयो ।
उहाँले समानुपातिक निर्वाचन प्रणालीमाथि पनि प्रश्न उठाउनुभएको छ । समानुपातीक निर्वाचन प्रणालीबाट वास्तविक उत्पीडित महिलाहरु नचुनिए दलका नेताका आफन्तहरु भर्ति भएको बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगकका प्रवक्त समेत रहनुभएका माननिय कृष्ण कुमारी पौडेल खतिवडाले यदि देशको कार्यकारी प्रमुख महिला हुने हो भने देशले पक्कैपनि मुहार फेर्ने उहाँले बताउनुभयो । “यदि कार्यकारी प्रमुखका रुपमा महिला हुने भए अहिलेको जस्तो बेथिति र भ्रष्टाचार हुनेथिएन ।” उहाँले थप्नुभयो “राजनीतिक दलमा महिलालाई अघि सार्ने परिपाटी छैन, यदि त्यसो हुने भए त राजनीतिक दलको नेतामा महिलालाई अघि सारे कार्यकारी प्रमुख महिला भईहाल्ने थिए ।”
माननिय खतिवडाले महिला अधिकारको सवाल केवल महिलाको मात्र नभई सबैको साझा सवाल भएकाले त्यसमा महिला पुरुष सबै समाजका मानिसले साझा रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो ।
दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा ।
# राष्ट्रिय
२८ भदौ, २०८३
२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको
महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
# राष्ट्रिय
२४ असार, २०८३
२४ असार २०८३, ग्वार्काे, ललितपुर । महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना
युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न ।
# राष्ट्रिय
१२ असार, २०८३
१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर । युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका






प्रतिकृया दिनुहोस