• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

दरबार हत्याकाण्डमा छानबिन आयोग बनाउनुपर्छ भनेर पहिल्यै भनेको थिएँः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दरबार हत्याकाण्डका बारेमा शुक्रबार बोलेको कुरा अगाडिदेखि नै भन्दै आएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि आफूले त्यसबारेमा बोल्दै आएको बताएका हुन्। "त्यतिबेला पनि यही कुरा पनि यही कुरा बोलिएको थियो। पहिलोचोटी गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि छानबिन आयोग बनाउन जरूरी छ भनेर त्यतिबेलै भनेको थिएँ। तिनै कुरालाई अहिले जसरी फेरि पुनरूत्थानको कोशिस भएको छ त्यो सन्दर्भमा स्मरण गर्न आवश्यक ठानेर भनेको हुँ" उनले भने।

अहिले नयाँ तथ्य र प्रमाण भएको नभई जनताको प्रश्न मुखरित मात्रै गरिदिएको उनले बताए। यो जनतालाई लागेको छ जनताको मनमा यी प्रश्न छन् यसको उत्तर खोज्नैपर्छ भन्ने हिसाबले भनेको हुँ।नयाँ तथ्य वा नयाँ प्रमाण भनेर भनेको होइन। पुरानै तथ्य पुरानै प्रमाण र आम जनताको मनमा जे छ त्यो कुरा मुखरित मात्रै गरेको हुँ उनले भने। शुक्रबार सिन्धुपाल्चोकको पार्टीको मेलम्ची नगर कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रमाथि भाइमारा,मूर्तिचोर र सुन तस्करको आरोप लगाएका थिए।  

-यो समाचार हामीले सेतोपाटी डटकमबाट साभार गरेका हौँ । 

प्रतिकृया दिनुहोस

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा । 

# राष्ट्रिय

२८ भदौ, २०८३

२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका