• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

म्यानमारका भुकम्प पिडितलाई नेपाली चर्च समुदायको आर्थिक सहयोग ।

दिपेश श्रेष्ठ,काठमाडौं । म्यानमारमा यहि २०२५ मार्च २८ मा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले प्रभावितहरुलाई नेपाली चर्च समुदायले आर्थिक सहयोग पठाएको छ । 
मंगलबार नेपालमा रहेको ख्रीष्टियन संघ संस्थाहरुको अगुवाइमा नेपालका लागि म्यानरका राजदुत म्यो मिन्ट मङ्गलाई नेपालका लागि म्यानमारको दुतावास ललितपुर स्थित भैँसेपाटीमा भेट गरि राहत सहयोगको निमित्त नेपाली रुपैँया पाँच लाख रकमको चेक तथा नगद हस्तान्तरण गरेका छन्।
 
उक्त राहत सहयोग हस्तान्तरणमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदको अगुवाइमा नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल राष्ट्रिय  मण्डलि सङ्गती, राष्ट्रिय गिर्जाघर निजि गुठि लगाएतको संघ संस्थाहरु थिए भने नेपाल ख्रीष्टियन राहत सेवाद्वारा सो राहत सङ्कलन गरिएको थियो।

 

म्यानमारको इतिहासमा एक शताब्दीयताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको उक्त भूकम्पबाट हालसम्म ३,७३५ जनाको मृत्यु भएको छ भने,५,१०८ जना घाइते भएका छन्, र १२० जना अझै बेपत्ता छन् । भूकम्पले म्यानमारका छ वटा क्षेत्रहरूमा व्यापक क्षति पुऱ्याएको छ, जसमा राजधानी नेप्यिडो पनि समावेश छ। ६५,००० भन्दा बढी संरचनाहरू, जस्तै घर, विद्यालय, धार्मिक स्थल, अस्पताल, र सडकहरू ध्वस्त पारेको छ।
भूकम्पले म्यानमारको पहिले नै जटिल मानवीय संकटलाई अझ गम्भीर बनाएको छ, जहाँ ३ मिलियनभन्दा बढी मानिसहरू विस्थापित भएका छन् र लगभग २० मिलियन मानिसहरूलाई सहयोग आवश्यक छ।

यस दुखद परिस्थितिमा  अन्तर्राष्ट्रिय सहयोग प्रयासहरू जारी छन्, तर निरन्तर परकम्पहरू, संसाधनहरूको अभाव, र आसन्न मनसुन मौसमले उद्धार र पुनर्निर्माण कार्यहरूमा चुनौतीहरू थपेका छन्।

प्रतिकृया दिनुहोस

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा । 

# राष्ट्रिय

२८ भदौ, २०८३

२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका