ख्रीष्टियनहरुको न्यायका लागि गृहमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षण पत्र ।
२३ पौष २०८१, गोविन्द कामी, काठमाण्डौ ।
पछिल्लो समय ख्रीष्टियनहरुमाथि अन्यायपूर्ण गतिविधि बढेको भन्दै न्यायका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराईएको छ । सोमबार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई मन्त्रालयमै भेटी नेपाल ख्रीष्टियन समाज लगायत सरोकारवाला संस्थाले ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । अल्पसंख्यक ख्रीष्टियन समुदायविरुद्ध सुनियोजित ढंगले अन्यायपूर्ण गतिविधिहरु भईरहदा धर्मनिरपेक्ष सरकारबाट खासै चासो नदेखिएकाले ध्यानाकर्षण गराईएको पत्रमा उल्लेख छ ।

हालै ख्रीष्टियन धर्मावलम्बीको मुख्य पर्व ख्रीष्टमस मनाउने क्रममा सिराहा नगरपालीका वडा नं. ६ मा रहेको इष्टर्न विलिभर्स चर्च परिसरमा हुलहुज्जतसहित प्रवेश गरेको कथित हिन्दुराज्य समर्थक भीडले धार्मिक सद्भाव खलबलाउने प्रकारले नाराबाजी गर्दै चर्चको नियमित अनुष्ठान खलबलाउने किसिमले गालीगलौज, तोडफोड र भौतिक आक्रमण गरी सो चर्चका धर्मगुरुहरुमाथि कुटपिट गरेको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएकोले दोसीलाई कारवाही हुनुपर्ने उक्त पत्रमा उल्लेख छ ।
त्यस्तै ख्रीष्टमसकै क्रममा यहि पौष ९ गते कैलालीको लम्कीचुहा नगरपालीकास्थित सामुदायिक चर्चका पाष्टर जन्मेजय भट्टराईलाई धर्मको प्रचार गरेको अभियोगमा गिरफ्तार गरिएको घटना प्रति पनि आफुहरुको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । खासमा ख्रीष्टमसको अवसरमा सोही नगरपालीकामा रहेको एक विद्यालयमा विद्यालय प्रशासनको लिखित अनुमति लिई विपन्न बालबालिकाहरुलाई उपहार बाढ्ने क्रममा ख्रीष्टमस पर्वका बारेमा जानकारी गराउँदा उक्त घटनालाई अतिरञ्जितगरी अपराधीकरण गरेर गिरफ्तार गरेकोले उक्त गिरफ्तारी नेपालको कानुन तथा अन्तराष्ट्रिय मानवअधिकार विपरित भएको भन्दै तुरुन्तै रिहाको माग गर्न पनि उक्त ध्यानाकर्षण पत्रमा बताईएको छ ।

यसैगरी उक्त ध्यानाकर्षण पत्रकै अर्को बुँदामा आमसञ्चार माध्यमहरु, सामाजिक सञ्चालहरुमा ख्रीष्टियन समुदायलाई लक्षित गरी दुस्प्रचार गर्ने, घृणाभाव फैलाउने, उत्तेजित विचारहरुको प्रकाशन प्रसारणले ख्रीष्टियनहरुको धार्मिक भावनामा प्रत्यक्ष असर परिरहेकोले राज्यले त्यस्ता गतिविधि नियन्त्रण र नियमन गर्न माग पनि गरिएको छ ।
विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य ठहरिएको नेपालमा भ्रमण गर्न आएका सबै विदेशी पाहुनाहरुप्रति समान व्यवहार गर्नुपर्नेमा ख्रीष्टियन धर्ममा आस्था राख्ने विदेशीहरुलाई यहाँका स्थानीय चर्चहरुमा आराधना र भेटघाटमा सहभागी भएको भेट्टाइँदा उनीहरुलाई धर्मप्रचार गरेको सामान्य आरापकै आधारमा पक्राउ गर्ने र देशनिकाला गर्ने क्रम बढेको र त्यस्ता गतिविधिले अन्तराष्ट्रिय जगतमा देशको बदनामी भईरहेकोले त्यस्ता गतिविधि नियन्त्रण हुनुपर्नेपनि ध्यानाकर्षण पत्रमा बताईएको छ ।
अन्तमा हालको सत्ता समिकरणबाट संविधान संशोधन गरिने कुरा बाहिरिएको प्रति आफुहरु सकारात्मक रहेको र संविधान संसोधन गर्दा अन्तर्राष्ट्रिय कानुनहरु मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को धारा १८ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तरराष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १८ साथै नेपालको संन्धी ऐन २०४७ को दफा ९ लाई आत्मसात गरी विद्यमान कानुनहरु संशोधन गर्न आग्रह समेत गरीएको उक्त ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै गृहमन्त्री लेखकले नेपाली काँग्रेस एक लोकतान्त्रीक पार्टी भएकोले आफु उक्त पार्टीको मन्त्रीका नाताले आफु जहिले पनि लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो । लोकतन्त्रमा धर्मनिरपेक्षता एक महत्वपुर्ण पाटो भएकाले राज्यले सबै धार्मिक समुदायलाई समान व्यवहार गर्नुपर्ने र आफुले पनि सो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हिजो पौष २२ गते सोमबार नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन मण्डली संगती, रिलिजियस लिवर्टी कमिसन फोरम, नागरिक सरोकार नेपाल लगायतका सरोकारवालासंस्थाको प्रतिनिधि मण्डलले उक्त ध्यानाकर्षण पत्र गृहमन्त्री लेखकलाई बुझाएको हो ।


महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
# राष्ट्रिय
२४ असार, २०८३
२४ असार २०८३, ग्वार्काे, ललितपुर । महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना
युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न ।
# राष्ट्रिय
१२ असार, २०८३
१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर । युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका
स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई ।
# राष्ट्रिय
३ जेठ, २०८३
गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर । स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ





प्रतिकृया दिनुहोस