About us
नयाँ जोश, नयाँ जाँगर, नयाँ नेपाल ,गाउघरको आवाजको निम्ति ग्रेस एफ.एम को स्थापन भएको हो l समाजमा रहेको विसंगति र बिकृतिलाई निर्मुल गर्ने उद्धेश्यअनुरुप ग्रेस एफ.एम. हरेक दिन बिहान ५:०० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आइरहेको छ l ग्रेस एफ.एम. "आशाको सन्देश नेपाल" नामक संस्थाद्वरा सूचना तथा संचार मन्त्रालय मार्फत राष्टिय प्रसारण नियमावली २०५२ को नियम ४ संग सम्बन्धित रही फ्रिक्यंसी मोडुलेसन प्रसारण संस्था स्थापना गरि कार्यक्रम प्रसारण गर्ने संस्थाको अनुमति लिएर एफ .एम. ब्याण्डको १०७.६ मेगाहर्जमा प्रसारित रेडियो स्टेशन हो l
हामी भक्तपुर जिल्लाको सुर्यविनायकस्थित अरनिको लोकमार्ग छेउबाट प्रत्येक घण्टा समाचारको साथमा दैनिक १८ घण्टा सुचनामुलक, मनोरन्जनामक, खोजमुलक ,शैक्षिक र सामाजिक बिकासका निम्ति गुणस्तरीय कार्यक्रमहरु प्रसारण गरिरहेका छौ l गाउ , शहर लगायत समाजिक सरोकारला लागि समाजको प्रत्येक्ष कुनाकन्दरामा हाम्रो प्रसारण मार्फत श्वोता अनि सरोकारवालाहरु समक्ष प्रत्यक्ष -अप्रत्यक्ष रुपमा पुगीरहेका छौ l
हाम्रो प्रसारण भक्तपुर जिल्लामा स्पष्ट रुपमा सुन्न सकिन्छ l साथै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा ,काठमाण्डौ, र ललितपुर् लगायत विभिन्न जिल्ला तथा स्थानहरुमा स्पष्टरुपमा सुनिने हामी प्रतिबद्वता गर्दछौ । दक्ष, तालिम प्राप्त, युवा तथा बरिष्ठ प्रस्तोता, प्राबिधिक एबम नयां समयानुसारका प्रसारण समाग्रिहरुका कारण स्पष्टसंग सुन्न सकिएको हामी बिश्वास एबं ठहर हो l तसर्थ यस एफ.एम. मार्फत ब्यापार, ब्यबसाय प्रबर्द्वन गर्न आफ्नो व्यवसाय सुहाउदो ब्यबसायिक बिज्ञापन वा कार्यक्रम प्रयोजन गरि लाभ उठाउनुहुन अनुरोध गर्दछौ l




