नेपालीले आवश्यकता भन्दा ४ गुणा बढी नुन खईरहेका छन् : अध्यक्ष महर्जन
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले दैनिक एक जनाले २० ग्राम नुन खान थालेको बताएका छन्। सोमबार नेपाल प्रेस सोसाइटीमा साल्ट ट्रेडिङ्गले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “एक व्यक्तिलाई दैनिक ५ ग्राम मात्र नुन भए पुग्नेमा २० ग्रामसम्म खान थालेकोले रोग बढ्न थालेको छ। धेरै नुनले हाम्रो ज्यान गयो, शरीर रोग उत्पादनको घर बन्ने भयो, थाइराइडले समात्यो भनेर हिजोआज मैले यस्तै यस्तै कार्यक्रममा सुन्ने गरेको छु। ” महर्जनले नुनको विषयमा जनचेतनाको अभावकै कारण आम मानिसले आवश्यकता भन्दा बढी नुन खाइरहेको समेत बताए। महर्जनले भने यो सबै जनचेतनाको अभावकै कारण भएको हो त्यसैले साल्ट ट्रेडिङ्गले नुनको विषयमा जनचेतनामूलक कार्यक्रमहरू बढी गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको छु। साल्ट ट्रेडिङ्गको नुनमा शुद्धता हुने दाबी गर्दै उनले भने, “आयोडिन भनेको सूक्ष्म पोषण तत्व हो, यसर्थ यो शरीरका लागि अत्यावश्यक तत्व हो, यसको अभावले मानसिक विकारको समस्या समेत देखिन सक्छ।”
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि यादव मिश्र, साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रतिनिधि तुलेश्वर शाह, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि गणेश हरि प्रजापति र नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले आयोडिन नुन र यसका फाइदाका विषयमा जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले गरेका थिए।
दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा ।
# राष्ट्रिय
२८ भदौ, २०८३
२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको
महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न ।
# राष्ट्रिय
२४ असार, २०८३
२४ असार २०८३, ग्वार्काे, ललितपुर । महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना
युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न ।
# राष्ट्रिय
१२ असार, २०८३
१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर । युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका





प्रतिकृया दिनुहोस