• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

उपत्यकाव्यपी ईष्टर महोत्सव २०८२ भक्तपूरमा मनाईदै । 

गोविन्द कामी । ५ वैशाख २०८२ । भक्तपूर । 

उपत्यकाव्यापी ईष्टर महोत्सव २०८२ यो वर्ष भक्तपूरमा मनाईने भएको छ । यहि बैशाख ७ गते आइतबार काठमाण्डौ उपत्यकाका चर्चहरुको संयुक्त आयोजनामा मनाउन गईरहेको पुनरुत्थान दिवस  भक्तपुरको ठिमीस्थित चारदोबाटोमा मनाईने भएको छ । बिहिबार आयोजित प्रेस सम्मेलन मार्फत मुल कार्यक्रम आयोजक समितिले ईष्टर महोत्सव हर्षोल्लासका साथ मनाईने जनाएको हो । येशू प्रभूको पुनरुत्थान दिनको अवसरमा मण्डलीले उल्लास मनाउने तथा अन्यका लागि सुसमाचमय कार्यक्रमलाई आफुहरुले निरन्तरता दिएको मुल कार्यक्रमका संयोजक पास्टर दिल्लीराम पौडेलले बताउनुभयो ।  "विगतका बर्षहरु जस्तै यो वर्ष पनि उपत्यकाका तीन जिल्ला ललितपुर, काठमाण्डौ र भक्तपुरका मण्डलीहरु मिलेर ईष्टर हामी हर्षोल्लासका साथ मनाउनेछौँ, पहिलेका दिनहरुमा हामीले ललितपुर र काठमाण्डौँमा कार्यक्रम गरेको थियौँ भने यो वर्ष भक्तपूरमा कार्यक्रम गर्नेछौँ" उहाँले भन्नुभयो "अहिलेको विसम परिस्थितीका कारण सरकारले कतिवटा स्थानहरुमा सार्वजनिक कार्यक्रमहरु गर्न निषेध गरेकाले पनि हामी यो वर्ष भक्तपुरमा कार्यक्रम गर्नेछौँ ।"

पत्रकार सम्मेलन मार्फत आइतबार हुने उक्त ईष्टर महोत्सवका अन्य विविध कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । जस अन्तर्गत आईतबार विहान ललितपुर र काठमाण्डौका मण्डलीहरु काठमाण्डौंको जडिबुटीमा भेला हुने र त्यहाँबाट शान्तिपूर्ण र्याली गर्दै २ किलोमिटर अघिको दुरीमा रहेको ठिमी चारदोबाटोमा भेला हुने साथै भक्तपूरका मण्डलीहरु सल्लाघारी चोकबाट पश्चिमतर्फ ठिमी चारदोबाटो नै पुग्ने बताईएको छ । 
उपत्यकाव्यपी ईष्टर महोत्सवमा हरेक वर्ष जस्तो रक्तदान कार्यक्रम पनि आयोजना गरिने भएकाले सबै मण्डलीहरुको उल्लाषमय सहभागिताका लागि आयोजकले आह्वान समेत गरेको छ ।  

प्रतिकृया दिनुहोस

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा । 

# राष्ट्रिय

२८ भदौ, २०८३

२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका