• २१ श्रावण २०८३ बिहीबार/ Thursday 8-06-2026

एलपीजे फेलोशिपको सातौ वार्षिकोत्सव सम्पन्न । 

गोविन्द कामी । १७ भदौ ०८२ । ललितपुर ।

एलपीजे फेलोशिप नेपालले मंगलबार आफनो सातौँ वार्षिकोत्सव मनाएको छ । ख्रीष्टियन धर्ममा आस्था राख्ने लयर्स, पुलिस र जर्नलिस्टहरुको साझा संगठन एलपीजे फेलोशिप नेपालले एक औपचारीक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । 
नेपाली कांग्रेसका मोरङ  जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य डिक बहादुर लिम्बुको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष अधिवक्ता दिनेश न्यौपानेको अध्यक्षतामा कार्यक्रम ललितपुरको सानेपामा सम्पन्न भएको हो ।

एलपीजे फेलोशिप नेपालको वार्षिकोत्सव समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननिय मिहिर ठाकुर, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद प्रसाद बागचन्द आदिवासी तथा जनजाती नेता आङकाजी शेर्पा, अधिवक्ताहरु, पत्रकारहरु, पास्टरहरु र सामाजिक अभियन्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । 


नेपालको संविधानमा व्यवस्था गरेको मौलिक हकसँग बाझिने कुनैपनि कानुनहरु बदर गर्ने, सतावट तथा अन्यायमा परेकाहरुलाई कानूनी उपचार दिई कैदबाट छुटकारा दिने, देशव्यपी कानुनी सचेतना कार्यक्रम गर्ने जस्ता संगठनको उद्देश्य रहेको कार्यक्रममा अधिवक्ता गोविन्द चौहानले प्रकाश पार्नुभयो । 
त्यस्तै संगठनका तर्फबाट पास्टर कुवेर गुरुङले राष्ट्र धर्मनिरपेक्ष घोषित भईसक्दा समेत त्यसविपरित संविधान र अन्य कानुनहरुले अझै पनि धर्मनिरपेक्षताको पूर्ण कार्यान्वयन हुन नसकेको तथा त्यस्ता कानुनहरु संविधान संसोधनका बेला संसोधन हुनुपर्ने जस्ता माग सहित ध्यानाकर्षण पत्र प्रस्तुत गर्नुभएको थियो । 

राष्ट्रिय मानवअधिकार आयोगका माननिय मिहिर कुमार ठाकुरले धर्म अंगिकार गर्न पाउने, अभ्यास गर्न पाउने, परिवर्तन गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकार भएकोले आयोगले ती अधिकार संरक्षणका लागि सदैव आवाज उठाउने बताउनुभयो । मानवअधिकार आयोगले देशको मौजुदा कानुनमा मानवअधिकार विपरितका कानुनहरु भएमा त्यसको संशोधनका लागि पैरवी गर्ने समेत बताउनुभयो । 
त्यस्तै कार्यक्रममा बोल्दै सांसद डिक बहादुर लिम्बुले ख्रीष्टियनहरु नेपालमा निकै दमन र अन्यायमा परेको बताउनुभयो । ख्रीष्टियनहरुको बास्तबिक समस्या आफुलाई थाहा भएको र नीतिगत सुधार आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 


कार्यक्रममै बोल्दै राष्ट्रिय ख्रीष्टियन समाजका उपाध्यक्ष डिल्लीराम पौडेलले आफुहरु अब डराएर नबस्ने तर आफ्नो अधिकारका लागि अघि बढ्ने बताउनुभयो । नजिकिदै गरेको अन्तरधार्मिक गोलमेच सम्मेलनलाई उद्रीत गर्दै उहाँले उक्त सम्मेलनले सबै अल्पसंख्यक धार्मिक समुदायको माग समेटेर संविधान संशोधनका लागि घोषणापत्र जारी गर्ने बताउनुभयो । 


आदिवासी जनजाती समुदायका अगुवा तथा अभियनता आङकाजी शेर्पाले ख्रीष्टियन समुदायले आफ्नो अधिकारका लागि अरुलाई गुहार्नुपर्ने बिदम्बना भएको बताउनुभयो । लोकतान्त्रीक पद्दतिको उपयोग गर्दै ख्रीष्टियन समुदायले आगामी आम निर्वाचनमा आफ्नो प्रतिनिधि चुनेर पठाउन सक्नुपर्ने उहाँले जिकिर गर्नुभयो । 

एलपीजे फेलोशिप नेपालले विगतका दिनमा राज्यसँग निरन्तर पैरवी गर्दै आएको र आगमी दिनमा पनि अधिकार स्थापनाका लागि आवाज बुलन्द पार्ने उक्त संगठनका महासचिव रामेश्वरी जोशीले ग्रेस एफएमलाई बताउनुभयो । 

प्रतिकृया दिनुहोस

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका

स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई । 

# राष्ट्रिय

३ जेठ, २०८३

गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर ।   स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ