• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

दोस्रो भक्तपूर दशैं सस्तो व्यापार मेला २०८२ हुँदै । 

गोविन्द कामी । १ असोज २०८२ । भक्तपूर । 

दोस्रो भक्तपूर दशैं सस्तो व्यापार मेला २०८२ भक्तपुरमा हुने भएको छ । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको महेश्वरी फुटवल मैदान हनुमानघाटमा उक्त मेला सम्पन्न हुने आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । २०८२ असोज ३ गते देखि असोज १३ गते सम्म मेला लाग्ने भएको छ । उक्त मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक सामग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, केषि औजारहरु लगायतका सामग्रीहरुमा बिशेष छुटका साथ पाईने आयोजकले जनाएको छ । साथै मनोरञ्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, वाटर बल्ब, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगितीक प्रस्तुती समेत रहनेछ । 

महोत्सवमा विद्यार्थीका लागि जम्मा ५० र सर्वसाधारणका लागि जम्मा ७० रुपैयाँ प्रवेश शुल्क लागने तथा वृद्धहरुलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको बुधवार पत्रकार सम्मेलनमा उक्त महोत्सबका संयोजक संगम लामाले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा । 

# राष्ट्रिय

२८ भदौ, २०८३

२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका