समाचार

भक्तपुरमा जारी शुटर्स कपको उपाधी माउन्ट भ्यालीलाई, काभ्रे बोर्डर ५–४ गोल अन्तरले पराजित

२९ पुस, भक्तपुर ।  भक्तपुरमा पुस २२ गतेदेखि जारी शुटर्स कप ओपन ईलेभेल ए साईड फुटबल टुर्नामेन्टको उपाधि माउन्ट भ्यालीले उचालेको छ । महेश्वरी खेल मैदान जगाती भक्तपुरमा आज भएको काभ्रे बोर्डर र माउन्ट भ्यालीविच उपाधि भिडन्तमा खेलको निर्धारित समय सकिदासम्म दुबैटिमबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टि शुट आउटमा पुगेको थियो । पेनाल्टि शुट आउटमा काभ्रे बोर्डरलाई ५–४ गोल अन्र्तले पराजित गर्दै माउन्ट भ्याली विजयी भएको हो । समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विजयी टिमलाई ५० हजार नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको छ । 
प्रतियोगिता भक्तपुर जिल्ला फुटबल संघको तत्वाबधानमा शुटर्स फुटसल सूर्र्यिवनायकको आयोजना र भक्तपुर युवा टिम गोलमणीको सह–आयोजनामा सम्पन्न भएको आयोजक समितिका सदस्य रमेश सुवालले जानकारी दिनुभयो ।


यसमा तपाईको मत