समाचार

बाक्लो हुस्सुका कारण कैलालीमा दुई बस एकापसमा ठोकिँदा ४० यात्रु घाइते

२९ पुस, कैलाली (लम्की)  । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा ६ स्याउले गुलरा बजारनजिक शनिबार बिहान यात्रुबाहक बस एकापसमा ठोकिँदा ४० यात्रु घाइते भएका छन्। महेन्द्रनगरदेखि नारायणगढतर्फ आउँदै गरेको ना७ख २२६  नम्बरको बस र टीकापुरदेखि धनगढी जाँदै गरेको  ना४ख ५१३२ नम्बरको यात्रुबाहक बस बाक्लो हुस्सुका कारण एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। अन्य १९ जना घाइतेको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन्।

दुर्घटनामा परी बस चालक गेटा कैलालीका दिनेशबहादुर बोहोरा र नारायणी यातायातको बसका चालक प्रेम श्रेष्ठ, भल्काकी रञ्जु खड्का, दाङका दानबहादुर बुढा मगर, बलियाका तारा न्यौपाने र परिचय नखुलेका एक जना भल्काका स्थानियको अवस्था गम्भीर रहेको, लम्कीस्थित लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहोल्पुर रेफर गरिएको अस्पताल स्रोतले बताएको छ। 
 


यसमा तपाईको मत