समाचार

प्रदेशः ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको निधन

वैशाख ३१, भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ ।
मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएपछि सिनामंगस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचारत उहाँको आज विहान १ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । रारा क्षेत्रको भ्रमण सकेर गत शनिबार साँझ मात्रै घर फर्कनुभएका उहाँलाई हिजो मष्तिस्कघात भएको हो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो। हिजो दिउँसो मात्र प्रधानमन्त्री केपीशार्मा ओलीले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पत्रकार सोमसर्मा बजगाईले जानकारी दिनुभयो । उहाँ नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्य हुनुहुन्थ्यो ।
 


यसमा तपाईको मत