समाचार

वर्षाले रामेछापको मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा

३१ वैशाख, रामेछाप । रामेछापमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थी बगाएको छ भने मन्थली बजारलगायतका स्थानहरु अस्तव्यस्त बनेको छ । 
मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी  मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको हाे । उनीसँगै बगेका ६ जना विद्यार्थीहरुको भने जीवितै उद्धार गरिएको छ । बेपत्ता फुँयालको अहिले नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । 
वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । 
गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । पहिरोले केही घर र पसलमासमेत क्षति पुर्‍याएको बताइएको छ । पसलमा हिलो पसेको छ । 
सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु चल्न सकेका  छैनन् । बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नै ग्रेगरले फसेका छन् । सवारी नचल्दा सर्वसाधारण यात्रु अन्योलमा परेका छन् ।
 
Source : onlinekhabr


यसमा तपाईको मत