समाचार

आज र भोलि देशभर मौसममा बदली

वैशाख ३०, काठमाडौं– पूर्वमा बनेकाे न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि उपत्यकालगायत धेरै ठाउँको मौसम बदली भएको छ।
यसको प्रभावले आज र भोलि देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । 'उपत्यकालगायत देशका  विभिन्न भूभागमा वर्षा हुन्छ । केहीबेर वर्षा भए पनि लामाे समयसम्म भने हुँदैन ।' मौसमविद् रिमालले भन्नुभयाे ।  उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा बदली हुनेछ । मौसम एकैछिन खुले पनि फेरि बदली हुनेछ र याे क्रम एकदुई दिन चल्ने देखिन्छ । 


यसमा तपाईको मत