समाचार

प्युठानमा यात्रुवाहक बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते

प्युठान, बैशाख ३० । प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस आज बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि गर्दै ३ महिला र २ पुरुषको मृत्यु भएको जानाएको छ । २० जनाभन्दा बढी घाइते भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


यसमा तपाईको मत