समाचार

धुलिखेलको सारथी बहुउद्देश्यिय सहकारीले सुरु ग¥यो सारथी मार्ट र नयाँ कार्यालयबाट सेवा

१८ बैशाख, काभ्रे। काभ्रे सहकारी स्वर्ण महोत्सवको अवसरमा धुलिखेलस्थित सारथी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको नयाँ कार्यालयबाट सेवा शुभारम्भ तथा सारथी मार्टको औपचारिक सेवा सोमबारबाट सुरु गरिएको छ ।
धुलिखेल बसपार्कमा अवस्थित मार्टलाई राष्ट्रिय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले उद्घाटन गर्नुभएको थियो । सोहि अवसरमा कँडेलले सारथी बहुउद्देश्यिय सहकारी संस्थाको नयाँ कार्यालयबाट प्रदान गरिएको ऋणको चेक संस्थाका सदस्य सालिकराम ढकाललाई हस्तान्तरण गरेर नयाँ कार्यालयका शुभारम्भ गर्नुभएको थियो ।

 
  
कार्यक्रम बोल्दै प्रमुख अतिथि काँडेलले सारथी मार्ट सहकारी संस्थाद्धारा संचालित काभ्रे जिल्लामा नै पहिलो भएको र धुलिखेल नगरपालिकामा पनि पहिलो भएको बताउनुभयो । शुभारम्भको अवसरमा सारथी सहकारीले निःशुल्क खाता खोल्न पाइने व्यवस्था गरेको छ भने सारथी मार्टले ग्राहकवर्गलाई ५ प्रतिशत छुट प्रदान गरिएको छ ।
कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजु, काभ्रे जिल्ला बचत तथा क्रण सहकारी संघका अध्यक्ष रामहरी के.सी, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव टिकाबल्लभ सापकोटा, धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष निराजन जंगम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सारथी बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन विदुर गौतमले गरेका थिए । 
 

 



यसमा तपाईको मत